धौलागिरिमा ज्यान गुमाएका एक आरोही शव काठमाडौँ ल्याइयाे


काठमाडाैं ।

धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीमध्ये एकजनाको शव काठमाडौँ ल्याइएको छ।

सात हजार ६ सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीमध्ये एकजनाको शव बुधबार काठमाडौँ ल्याइएको हाे ।

अन्य ४ वटा शव पनि आधार शिविरसम्म ल्याइसकिएको छ । ती ४ शवहरु पनि आजै काठमाडौँ ल्याउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

बुधबार, बिहीबार र शुक्रबार शव ल्याउन गएको हेलिकप्टर रित्तै फर्किएको थियो। शनिबार दसैँ भएकाले र आइतबार हिमालमा कुहिरो लागेकाले हेलिकप्टर जान सकेका थिएनन् ।

आधार शिविरमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरु सात हजार ६ सय मिटरको उचाइबाट असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कबिहिन भएका थिए । प्रहरीका अनुसार रुसी नागरिक अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव असोज २३ गते दिउँसो भेटिएको थियो ।