स्कटल्याण्डसँग बराबरीमा रोकियो पोर्चुगल


काठमाडौँ ।

युइएफए नेसन्स लिग अन्तर्गत पोर्चुगल बराबरीमा रोकिएको छ । गएराती सम्पन्न स्कटल्याण्डविरुद्धको खेलमा पोर्चुगल गोलरहित बराबरीमा रोकिएको हो ।

त्यस्तौ समुह १ मै रहेका पोल्याण्ड र क्रोसियापनि ३-३ गोलको बराबरीमा रोकिएका हुन् । यस खेलमा पोल्याण्डका लागि पिओट जिएलिन्सकी, निकोला जालेवस्की र सेब्स्टन सिमारिस्कीले एक एक गोल गरेका थिए । त्यस्तै क्रोसियाका लागि बोर्ना सोसा, पेटार सुसिक र मार्टिन बाटुरिनाले एक एक गोल गरेका थिए । यस खेलमा खेलको ७६औं मिनेटमा डोमिनिक लिभाकोभिकले रातो कार्ड पाएका थिए ।

यो खेलपछि समुह १ मा पोर्चुगलको ४ खेलमा १० अंक भएको छ र शिर्ष स्थानमा छ भने क्रोसिया ४ खेलमा ७ अंकसहित दोस्रो स्थानमा छ । त्यस्तै पोल्याण्ड ४ खेलमा ४ अंकसहित तेस्रो र स्कटल्याण्ड ४ खेलमा एक अंकसहित चौथो स्थानमा छ ।