पुर्नमिलन भन्दै अमेरिकन पर्यटन व्यवसायी बाजुराको भौनेरामा

6.67k
Shares

बाजुरा ।

सामान्यतया मानिसहरू आफ्नो वृद्धि विकासका लागि थलो छोडेर प्रदेसिन्छन्। हाम्रो नेपालमा हुनेखाने मध्यम वर्गका युवायुवतीहरू पढाईलेखाईको लागि सहर पस्छन् भने विपन्न मानिसहरू ईडियाका काला पहाड देखि दिल्ली मुुम्बै शहरका चौकीदार र होटेल रेस्टुराँ हुँदै मकान कुरुवा सम्म देखिन्छन् । सहर पसेकाहरू उमेर हुर्केसँगै सहरबाटै विदेश तिर हानिन्छन्। रोजगार पेशा ब्यवसायको सिलसिलामा उतै उतै हराउँछन् ।

पछिल्लो समयमा रोजगारकै खोजीमा लाखौँ युवा युवती बिदेसिन बाध्य छन्। खाडी मुलुक देखि युरोप ,अफ्रिका ।अमेरिका लगायत विश्वका कुना कुना सम्म नेपालीहरू छरिएका छन्। नेपालका अनमोल प्राकृतिक सुन्दरता र सम्भावनालाई छटक्क छोडेर विदेश बरालिनु नेपाली युवायुवतीको रहर हो वा बाध्यता ! पछिल्लो समय खोज तथा अध्ययनको सवाल बनेको छ । बिदेसिनेहरू पहाडका उकाली ओराली गर्दे भीर पाखा सबै बिर्सन्छन्। बा–आमा बिर्सन्छन्। थातथलो साथीसंगी सबै बिर्सिन्छन् ।

लेख अवल गर्दा थकाई मार्ने विरखम्म, चौतारा बिर्सन्छन्। बाहरु नुन तेल र लत्ता कपडाका लागि भरियाका रुपमा हाट जाँदा बास वसेका खुला चौर अनि घाम पानीमा ओत लाग्दा बस्ने धर्मसाला बिर्सन्छन् । पानीखाने ढुुँङ्गेधारा बिर्सन्छन् । औलको घट्ट, लेखको भैँसी खर्क बिर्सन्छन्। आमाले भोक मेट्न दिएको सातु अनि रोटीको पोको फुकाएर नुनसँग घिटिक्क खाएको पनि बिर्सिन्छन् । गहुँ भट्ट का खाजा ,ढुुङ्गेधाराको मिठो पानी र त्यसले मेटाएको पानी तिर्खा बिर्सिन्छन्। खोलामा तरेका फट्टिउला हुँदै तुईन् (तांगुली ) लडो तानेर ल्याएको मैदानी फलो (साँगु) बिर्सिन्छ र बन्दै गरेका झुलंगे पुल पनि बिर्सिन्छन् । नभन्दै आफ्नो सबै थातथलो बिर्सिन्छन् देश बिर्सिन्छन् । उतै विदेशतिर बरालिन्छन्।

युवा युवती बिदेसिँदा गाउँघर भने रित्तिंदैछन् । खेतकान्ला बाँझा हुन थालेका छन् । दसै तिहार चाडपर्वमा निस्यायीलो हुन थालेको छ । सबै जम्मा भएर हाते पिङ्ग खेल्ने चौर शान्तपृय छ । हिजोका फट्टीउलाबाट अहिले झलंगे पुल देखि पक्की मोटरएवल पुल बनिसकेका छन्। हिजोका टोपी खस्ने उकाला चुचुरा छिचोलेर सडक बाटो बनिसकेको छ । गोला हाटको नुन र सुन घरघरमा पुगेको छ । टनकपूर हल्दुवानी नपुुगी नदेखिने जीप वस अहिले त गाउँमा पुगेका छन् । कस्मिरी स्याउ , लालझाणीका केरा, सिम्ले पहाडमा पाइने दाँते ओखर देखि आलुप्याज बन्दागोभी र काउनी गाउँमा फलेको छ ।

विडम्वना ! तर विदेशीयका युवा घरफिरेका छैनन् । बरु दिन प्रतिदिन पासर्पोट बनाउनको लर्को बढेको छ । सहर पसेका तर पासपोर्ट नभएर विदेश जान नपाएका युवा युवतीहरु दर्शैको निहुँमा घर आएर प्रशासनमा पासर्पोटको लाईन कुरेका छन् । उनका आमाबुवाहरु छोराछोरीलार्इ विदेश पठाउन ऋणका लागि गाउँ गाउँ चहारी रहेका छन्। छोराछोरी विदेश पठाउने ऊनीहरूसँग सुक्को पैंशा छैन । जग्गाजमिन बेचेर छोरा–छोरी पढायो ,अन्तमा १२ पास हुने वित्तिकै विदेश पठायो गाउँलेको दिनचर्या बनेको छ । यता रित्तो गाउँका घर धमिराले खादै छन् ।

उजाड बस्ती अनि सुनसान घरहरु छन् । धमिरिएको घरमा बसेका वृद्ध वृद्धलाई एकलोटा पानी पिलाउने युवा मान्छे गाउँमा भेटिँदैनन् । कि भन्ने डर पसेको छ । सारा युवा प्रदेशीएको वेला एक जना युएस नागरिक जेम्सम्यारी ब्रल्ली भने आफूले निर्माण गरेको पुल हेर्न ४७ वर्ष पछि मंगलवार युएसबाट बाजुराको भौनेरा पुगेका छन् । उनी ४७ वर्ष पहिले आफूले निर्माण गरेको पुल २०७६ सालको बाढीले बगाएको सुन्दा निरास छन्।

भौनेराको पुल अनि तत्कालीन स्वास्थ्य चौकी र तत्कालीन जुगाडा गाउँ पञ्चायत घर र भौनेर माझीगाउँको समुदाय हेर्न आतुर छन्। इन्जिनियर ब्रान्ली तन्कालिन पञ्चायत कालिन समयमा पिस्कोरबाट नेपालका दुर्गम बस्तीका संरचना निर्माण गरी मानिसलाई आवागमनमा सहजता ल्याएको सम्झन्छन् । यहाँका अलौकि अपार सम्दा सम्झन्छन् । यहाँको स्थानीय लवाई खवाई र समुदायको मीत्रवत व्यवहार सम्झन्छन्। तत्कालीन समयमा अमेरिकाबाट नेपालको सुदूरपश्चिम नेपाल र डोटी,डडेलधुरा,अछाम हुँदै हप्तैको पैदल हिडाईबाट बाजुरा पुगेको मानसपटलमा ताजा रहेको स्मरण जेम्स ब्राल्लीसँग छ ।


४० वर्ष देखि अमेरिकामा होटेल ब्यसायमा लागेका ब्राल्ली पुर्नमिलन भन्दै दुई छोरा ४२ वर्षे ब्रायन आर्केटेक्ट इन्जिनियर र ३४ वर्षका सिन जो ब्रन्ली अमेकिन स्कुल प्रशासक हुन् । दुई छोरा साथमा लिएर मंगलवार दिउसो बाजुराको भौनेरा पुगेका छन्। ४७ वर्ष अघि भौनेराको भुगोल अनि यहांको समुदायले सिकाएको नेपाली संस्कारकै कारण आफुलाई ईन्जिनियरिङ्ग पेशा छोडेर पर्यटन ब्यबसायमा तानेको मिठो अनुभव जिम्स ब्राल्लीको छ ।

बाजुराका विभिन्न सुन्दर ठाउँको फोटाफ्रे्रम बनाएर अमेरिकाको होटेलमा राखेको र त्यसले पर्यटकलाई आकषर्ण गरेको छ । यतिमात्र हैन, मेरो होटेलमा आउने यात्रुुले एकपटक नेपाल जाने प्रण गर्छ उनले भने । अमेरिकनको ब्यस्त जीवनशैलीलाई थाति राखेर दुुईटै छोरालाई नेपालीको संस्कार , संस्कृति सिकुन् र पर्यटन प्रवर्धनमा सहयोग पुगोस् भन्ने अभिप्रायले सात समुन्द्र पारिबाट फेरि नेपाल आएको हुँ उनले भने ।

यो पुर्नमिलन हो, यसले हामी बिचको भाइचारा र विश्वबन्धुत्व भावना ओतप्रोत गर्छ । यति सुन्दर ठाउँ छोडेर बाहिर नजानुस् । पिस्कोर प्रोग्रामका माध्यमाबाट पहिले पुल निर्माण गरे । अब तपाईँ चाहनुहुन्छ भने म सत्यवादी मावि भौनेराको लागी स्कुल सर्पोट गर्न चाहन्छु जेम्सम्यारीले भने । ४७ वर्ष अघि खिचेका फोटा प्रज्यान्टेसन गर्दै यो त अत्यन्त सुन्दर र वीउटीफुल प्लेस हो। मैले मिस गरे । उनले दोहो¥याए त्यहिभएर म पुर्नमिलनको लागि एक चोटी भौनेरा पुंगे।


बुवाको पालमा आएका जेम्स बरल्लीसँग ४७ वर्षपछि पर्नमिलन भएको मा खुसी व्यक्त गर्दै बडिमालिका नगरपालिका वडा नं दुईका वडा अध्यक्ष डम्मर महतले भने जेम्सलाई आफूवसेको ठाउँको यति माया रहेछ । सामाजिक सञ्जाल फेसबुक मार्फत नेपाल आउन चाहेको र म स्कुललाई सर्पोट तथा बाजुराको पर्यटन प्रवर्धनमा केही सहयोग गर्न चाहन्छु भनेकाले मैले आवस्यक चाँजोपाँजो मिलाएं अध्यक्ष महतले भने । उहांबाट हामी र हाम्रा विदेशिएका युवायुवतीले धेरै कुरा सिक्नुपर्छ वडाध्यक्ष महतले भने ।

समाज प्रेमी ब्रन्लीको परिवारलाई मंगलवार दिउसो बडिमालिका दुई भौनेराका स्थानीय बासिन्दाले भव्य स्वागत गरेका छन् । उनीहरूले स्थानीय लोक देउडा, हुड्केनाच, भुवाचाली अनन्ते खेल, धामीझांक्री लगायत दर्जनौँ स्थानीय कलासंस्कृतीको प्रस्तुति देखाएका थिए ।

मंगलवार विहान बडिमालिका नगरपालिकाले विदेशी पर्यटन ब्यसायी वरल्लीको स्वागत गरेको थियो । स्वागत कार्यक्रममा वायल्ड बाजुराका अध्यक्ष मनोज रेग्मीले बाजुराका प्राकृतिक सम्पदा बडिमालिका, बुढिनन्दा , रानीशैन लगायत पर्यटकीय क्षेत्र र त्यहाँपुग्ने गन्तव्यका बारेमा जानकारी गराएका थिए । बडिमालिका नगर उपप्रमुख नन्दा थापा लगायतका स्थानीयले वरल्ली परिवारलाई मायाको चिनो सहित स्वागत गरेका थिए ।