सिनेमा हलको विकल्प खोज्ने निश्चल बस्नेतको चेतावनी


काठमाडौँ ।

चर्चित फिल्म निर्माता निर्देशक एवम् कलाकार निश्चल बस्नेतले आफू सिनेमा हालको विकल्पमा लागेको चेतावनी दिएका छन् ।

बस्नेतले निर्माण गरेको फिल्म बेहुली फर्म मेघौली अहिले सिनेमा हलमा प्रदर्शन भइरहेको छ । दर्शकको राम्रो साथ पाइरहेको यस फिल्म अहिले तेस्रो सातामा प्रदर्शन भइरहेको छ ।

तर सिनेमा हलहरुले दर्शकको रुचि नेपाली फिल्मप्रति हुँदा हुँदै पनि हिन्दी सिनेमालाई बढी सो दिएको भन्दै बस्नेतले सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै अब हलको विकल्प खोज्न लागेको बताएका हुन् । उनले हिन्दी फिल्मप्रति दर्शनको रुचि नहुँदा पनि सिनेमा हलले हिन्दी फिल्मलाई सो दिइरहेको आरोप लगाएका छन् ।

उनले भनेका छन्- फिल्मलाई दर्शकले औधि मन पराए पनि, फिल्मको राम्रो अकुपेन्सी हुँदा–हुँदै पनि सिनेमा हलका सञ्चालकले हिन्दी फिल्मलाई दिएको महत्वले म चैँ हलको विकल्प तिर लागेँ ।’

अहिले सिनेमा हलमा बस्नेतको यो फिल्मसहित छक्का पन्जा-५, घर ज्वाइँ र १२ गाउँ चलिरहेका छन् । 

बस्नेतको संकेत अब नेपाली फिल्मलाई ओटी प्लेटफर्ममा रिलिज गर्ने तर्फ रहेको बताइएको छ । अहिले पनि विभिन्न ओटीटीमा नेपाली फिल्म रिलिज गर्ने गरिएको भए पनि त्यसको बजार विस्तार नहुँदा सीमित दर्शकसम्म मात्र पुग्ने गरेको छ ।