धादिङ ।
प्रचलित नियम र विधि भित्र रहेर सञ्चालन गर्नु पर्ने सवारी साधनले जोखिमपूर्ण रूपले यात्रु बोकेको र भाडा बढी असुलेको भन्दै कारबाहीमा परेको छ ।
चाडबाड लक्षित चेकजाँचको क्रममा १४ वटा सवारी साधनलाई कारबाही गरी जरिवाना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
बढी भाडा लिने २ बसलाई जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ भने १४ ओटा सवारीले नियम मिचेर यात्रु बोकेको, जोखिमपूर्ण रुपमा यात्रु राखेको, यात्रु बोक्न नपाइने साधनले यात्रु बोकेको भन्दै कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिनुभयो ।
ट्राफिक प्रहरीले नियमित चेक जाँच गरिरहेको छ भने यात्रुले दुख पाएमा नियम विपरीत यात्रुओसारेमा र जोखिमपूर्ण रूपमा मानिस बोकेमा यात्रुहरूले नागरिक सहायता केन्द्र वा ट्राफिक प्रहरीलाई खबर गर्न समेत अनुरोध गरिएको छ ।
प्रतिक्रिया