कोहलपुरमा टाउको बिनाको शव फेला परेपछि…


काठमाडौं ।

कोहलपुर नगरपालिका- ८, पिपिरीमा टाउको बिनाको शव फेला परेको छ ।

साेही ठाउँ बस्ने ४० वर्षीय चन्द्रबहादुर कामीको शव फेला परेको प्रहरीले जनाएको छ ।

बाँके प्रहरीका अनुसार पिपिरीचोकदेखि करिव दुई सय मिटर पूर्वमा रहेको शितलनगरमा शव फेला परेको हो ।

घटनास्थल नजिकको सरस्वतीचोकमा रहेको सीसी क्यामेरामा एक युवकले कालो प्लास्टिकको झोला बोकेर गएको देखिएको छ ।

प्रहरीले युवकको हत्यापछि टाउको लिएर गएको अनुमान गरेको छ । प्रहरीले तालिम प्राप्त कुकुर लिएर अनुसन्धान गरिरहेको छ ।