श्रीमतीले डिभोर्स मागेपछि पुलबाट हाम फालेर श्रीमान् मृत्यु


काठमाडौं ।


रुकुम पश्चिममा पुलबाट हाम फालेका एक युवकको घटनास्थलमै मृत्यु भएको छ।

मुसीकोट नगरपालिका वडा नम्बर १ का ३७ वर्षीय बुद्धिराम बोहराले टीकाको दिन दिउँसो ४ बजेतिर स्थानीय झोलुङ्गे पुलबाट हाम्फालेकाे प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार श्रीमतीले सम्बन्ध विच्छेद (डिभोर्स) मागेको हुँदा बुद्धिरामले पुलबाट हाम फालेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको छ ।

घरायसी समस्याकाे कारणा श्रीमतीले डिभोर्स मागेको हुँदा मरिदिन्छु भन्दै हाम फालको भन्ने खुलेको छ।

घटनाबारे अनुसन्धान भइरहेकाे छ ।