डडेल्धुरा ।
डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखरा बजारमा एक किशोरीको शव बोरामा फेला परेको छ । सोही ठाउँ बस्ने १४ वर्षीया आरती भट्टराईको शव प्लाष्टिकको बोरामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
प्रहरी कार्यालयका अनुसार शुक्रबार राति अज्ञात व्यक्तिले प्लाष्टिकको बोरामा राखेर शव फ्याँकेर गएको खुल्न आएको छ । बलात्कारपछि हत्या गरेर शव फ्याँकिएको आशंका मृतकका आफन्तले गरेका छन् । राति मोटरसाइकलमा आएका व्यक्तिले शव फ्याँकेको स्थानीयले बताएका छन् ।
डडेल्धुरा प्रहरीले अनुसन्धानका लागि शंकास्पद एक जनालाई पक्राउ गरेको छ । प्रहरीले आज बिहान शव उठाएर पोष्टमर्टमका लागि डडेल्धुरा अस्पताल पठाएको जनाएको छ । घटनाबारे अनुसन्धानपछि मात्रै विस्तृत खुल्ने प्रहरीले बताएकाे छ ।
प्रतिक्रिया