अमेरिकाले भिसा नदिएपछि सन्दीप लामिछाने क्यानडाबाटै घर फर्किए


काठमाडौं ।

आईसीसी क्रीकेट विश्वकप लिग २ सहित त्रिकोणात्मक टी-२० शृङ्खलाका लागि नेपाली राष्ट्रिय टिम क्यानडाबाटै अमेरिका प्रस्थान गर्दा नेपाली राष्ट्रिय टिमका मेघा स्टार सन्दीप लामिछाने भने स्वदेश फर्किएका छन् ।

नेपालले अमेरिकामा लागि– २ का खेलहरू अक्टोबर २५ देखि खेल्ने छ । नेपाली टोली भने क्यानडाबाटै अमेरिका गएको छ ।

आइसिसी विश्वकप लिग– २ का खेल खेल्न क्यानडा गएका लामिछाने अमेरिकाको भिसा नदिएपछि स्वदेश फर्किएका हुन् ।

सन्दीपले अदालतबाट आफूमाथि लागेको मुद्दामा सफाइ पाए पनि अमेरिकाले उनलाई भिसा दिन मानेको छैन । सन्दीपले क्यानडा जानुभन्दा अघि नै अमेरिकाको लागि भिसा प्रक्रिया थालेका थिए ।