भद्रकालीमा सवारीसाधन पूजा गर्नेको भीड


काठमाडौं ।

काठमाडौंको भद्रकाली मन्दिरमा सवारीसाधन पूजा गर्नेहरूको भिड लागेको छ। आफ्ना दुईपाङ्ग्रे तथा चार पाङ्ग्रे साधन लिएर सर्वसाधारण बिहानदेखि मन्दिरमा लाम लागेका छन् ।

बडादशैँअन्तर्गत महानवमीको दिन कलपूर्जा, हातहतियार र यातायातका साधनलाई विशेषरूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलि एवं नरिबल फुटाएर पूजाआजा गर्ने गरिन्छ ।

यी साधनलाई देवीको शस्त्र अस्त्रका रूपमा मानी पूजा गर्ने प्रचलन रही आएको हो ।