असोज २५ गते शुक्रबार, यस्तो छ तपाईँको राशिफल


मेष: तपाईंका लागि दिन उत्तम छ । राज्यबाट लाभ, यश–कृति, कार्य सिद्धि हुन सक्छ ।

वृष:बिहान स्वास्थ्य समस्या हुन सक्छ । त्यसपछि भने राजनीतिक कार्यमा सफलता होला ।

मिथुन: बिहान धन लाभ हुन सक्छ । तर त्यसपछि स्वास्थ्य गडबड, काममा बाधा हुन सक्छ ।

कर्कट: दिन शुभ भएकाले आर्थिक लाभ, विजय, पारिवारिक सुख, समस्या समाधान होला ।

सिंह: तपाईंका लागि समय अनुकूल छ । कार्य सफल, धन लाभ, परीक्षा आदिमा विजय होला ।

कन्या: शुरुमा स्वास्थ्य समस्या हुन सक्छ । त्यसपछि भने स्वस्थता एवं कार्य सफल होला ।

तुला: बिहान लाभ–पराक्रम तर त्यसपछि विवाद, दिनचर्या अस्तव्यस्त नहोला भन्न सकिन्न ।

वृश्चिक: धन लाभ, मान–सम्मान, पढाइ, व्यापार आदिमा सफलता हुने सम्भावना देखिन्छ ।

धनु: दिन शुभ भएकाले खाद्यान्न प्राप्ति, भाग्योदय, कार्य सफल, सुख–सन्तोष हुने देखिन्छ ।

मकर:बिहान तनाव हुन सक्छ तर त्यसपछि भने सुख–सन्तोष एवं उपहारादि प्राप्त होला ।

कुम्भ: बिहान उत्तम भोजन, लाभ हुने देखिन्छ । तर त्यसपछिबाट भने भय, विवाद हुन सक्छ ।

मीन: समय अनुकूल हुँदा सुख–सन्तोष, पैसा प्राप्ति, मिष्ठान्न भोजन, पारिवारिक सुख होला ।