तीनवटा सवारी एक आपसमा ठोक्किँदा ३५ जना घाइते


मकवानपुरको भीमफेदीमा तीन वटा सवारी एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ ।

हेटौडाबाट काठमाडौँ तर्फ जाँदै गरेको बा २ ज ९८३ नम्बरको ट्याक्सी र काठमाडौँबाट जनकपुरको लागी आउँदै गरेको बा ३ ख २७२३ नम्बरको मिनी बस र हेटौडाबाट काठमाडौँ तर्फ ज्यादै गरेको बा २ ज ८० नम्बरको ट्याक्सी एक आपसमा ठोक्किएको प्रहरीले जानकारी दिएकाे छ ।

प्रहरीका अनुसार भीमफेदी– ६ गोल्फिनफेदीमा भएको दुर्घटनामा ३५ जना घाइते भएका छन् भने छ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

८ जनालाई चितवन रिफर गरिएको छ भने बाकीको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।