बाढीले खण्डहर बनेको फास्ट ट्रयाकको प्रस्थान विन्दु खोकना (तस्बिरहरू)

5.83k
Shares

काठमाडौं ।

काठमाडौं तराई मधेश द्रुतमार्ग(फास्ट ट्रयाक)को प्रस्थान विन्दु लगातारको वर्षापछिको बाढीले खण्डहर बनेको छ।

बाढीसँगै आएको लेदो माटो, गेग्रानले निर्माण हुन लागेको फास्ट ट्रयाकलाई बगरमा परिणत गरिदिएको छ। असोज ११ र १२ गतेको अविरल वर्षाका कारण देशका विभिन्न स्थान बाढी, पहिरो र डुबानमा परेका थिए।

बाढीपहिरोबाट ठुलो जनधनको क्षेति भएको थियो भने सडक, पुल लगायतका संरचनाहरुमा पनि क्षति पुगेको छ।