सलोन र मोनिका प्यारो मान्छे


काठमाडौं ।

गायक प्रताप दास र गायिका रचना रिमालको स्वरमा प्यारो मान्छे बोलको गीत भिडियोसहित सार्वजनिक गरिएको छ।
गीत र भिडियो ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा शब्द रचना शान्ति बस्नेत (बलराम) तथा संगीत र एरेन्जमेन्ट नारायण डँगोलको रहेको छ।

गीतको भिडियोमा अभिनेता सलोन बस्नेत र मोडेल मोनिका बोहोरा फिचर्ड छन्। भिडियोमा प्रेमी र प्रेमिकाबीचको मायालाई देखाइएको छ।

दिनेश काफ्लेले निर्देशन गरेको भिडियोमा शिशिर खातीको कोरियोग्राफी, सुसन प्रजापतिको छायांकन र मनोज कार्कीको सम्पादन रहेको छ। भिडियोको पोस्ट प्रोडक्सनको काम म्युजिक प्लसले गरेको छ।