सोनु निगम काठमाडौंमा गुञ्जने


काठमाडौं ।

आगामी सेप्टेम्बर २५ मा ख्यातिप्राप्त बलिउड गायक सोनु निगम राधानीमा गुञ्जिने भएका छन्। नेपाली टच–नेपालले क्रिसमसको अवसर पारेर राजधानीमा आयोजना गर्ने कार्यक्रममा गायक निगम सोनु निगम लाइभ इन नेपाल नामक सांगीतिक कार्यक्रममा प्रस्तुत हुन लागेका हुन्। कार्यक्रममा गायक निगमले आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्नेछन्।

उनले हिन्दीका साथमा नेपाली गीतसमेत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। हायत रिजेन्सी होटलमा हुने कार्यक्रम सञ्जय गुप्ताले सञ्चालन गर्नेछन्।

आयोजकले हालै बौद्धस्थित हायात रिजेन्सी होटलमा पत्रकार सम्मेलन गरी सोनु निगम लाइभ इन नेपाल गरिने जानकारी गराएका हुन्।

पत्रकार सम्मेलनमा टेलिभिजन प्रस्तोता तथा स्ट्यान्डअप कमेडियन सन्दीप क्षेत्रीले अस्ट्रेलियामा कार्यक्रम गर्दै आएको नेपाली टच–नेपालको नयाँ सुरुवातलाई शुभकामना दिए। कार्यक्रमका लागि दुई हजारदेखि ५० हजार रुपैयाँसम्मको टिकट दर तोकिएको छ।