बाजुरा ।
जगतजननी भनेर पुकारिने बाजुराको त्रिवेणी नगरपालिका वडा नं ९ मा अवस्थित बडिमालिका माताको दर्शन गर्न जाँदा भक्तजनले तीन दिनसम्म सम्पर्क विच्छेद हुनुपरेको छ ।
बाजुरका विभिन्न स्थानबाट बडिमालिका पुग्न दुई दिन र फर्किन एक दिन लाग्छ । बडिमालिका दर्शनर्थीहरुले युगैंदेखि तीन दिन सम्म सञ्चार सविधाबाट बञ्चीत हुन परेको हो ।
पछिल्लो समयमा बडिमालिका मन्दिर, त्रिबेणी धाम र २२ पाटनको जति प्रचार भएको छ त्यति व्यवस्थित भने छैन । १४ हजार फिट उचाईमा अवस्थित उक्त मन्दीरमा वर्षमा दुईपटक मेला लाग्छ । जेठको गंगादसहरा र श्रावण चतुदशीमा वर्षमा दुई पटक पूजा हुन्छ । उक्त समयमा सरकारी टोलीसँगै भक्तजनहरु जाने हुँदा प्रहरीको सेटले सञ्चारले काम गर्छ र दु:खी विरामी उद्धारका लागि केही राहात हुन्छ । पछिल्लो समयमा दिन प्रतिदिन आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बाक्लिदै गएको छ। दिनहुँ जस्तो एकलाएक्लै पनि यात्रा गर्नेको संख्या बढ्दै गएको छ।
सदरमुकाम मार्तडी लगायत जिल्लाका चारवटै सिमानाबाट बडिमालिका जाँदा उकालो चड्नुपर्छ । मार्तडीबाट भितोचिन्नासम्म्म टेलिफोन लाग्छ । छतारा र कैलाशमाडाैंबाट विष्नुपानी सम्म सञ्चार सम्पर्क हुन्छ भने उता बुढिनन्दा नगरपालिका र जगन्नाथ गाउँपालिकाको सिमाना भएर आउने यात्रुले कालापाटन सम्म टेलिफोन सम्पर्क गर्न सक्छन् ।
त्यसपछि कतै सञ्चार सम्पर्क हुँदैन, बडिमालिकाका पूजारी नेत्रप्रशाद पाध्यायले भन्नुभयो । मानव वस्तीबाट दुईदिनको पैदलदुरीमा पर्ने उक्त क्षेत्रमा सञ्चार सुविधा नहुँदा लेक लाग्दा र बाटोमा विरामी पर्दा कयौं यात्रुले वीचबाटोबाट फकिर्नुपरेको छ । एक्काईसऔं शताब्दीमा पनि सञ्चार विच्छेद् हुनु सूचनाको हकबाट बञ्चित हुनु हो बडिमलिका नगरपालिका वडा न. ८ का दलवहादुर थापाले भन्नुभयो ।
प्रहरीको सेटले पनि भितोचिन्ना सम्म काम गर्छ त्यसपछि टावरनै टिप्दैन अग्लो डांडोमा टावर भए सेटले काम गथ्र्यो होला हाम्रोपनि वकेटोकेले काम गर्देन । बडिमालिका जांदा सञ्चारबाट विमुख हुँदा कस्तो नमोजा फिल हुन्छ ,शसस्त्र प्रहरीवल बाजुरा प्रमुख डिएस्पी श्याम रावतको भनाई छ ।
पूर्व पर्यटनमन्त्री एबं नेकपा एमाले उपमहसचिव प्रदिप ज्ञवालीले गत साता जगत जननी बडिमालिका माताको दर्शन गर्नुभयो । बडिमालिका भुमीमा पुग्दा स्वर्गीय आनन्दभुति भएको उहाँको टिप्पणी थियो । बडिमालिका त्रिबेणी पाटनले राष्ट्रिय अन्तराष्ट्रिय पर्यटकलाई तानिरहेकोछ । यद्येपी यहाँको सञ्चार लगायत भौतिक संरचना विकास हुनसकेको छैन उहाँको कथन थियो । उहांले आफ्नो फेसबुकवाल मार्फत बडिमालिका त खानीबाट भरखरै निकालेको हीरा जस्तो पो रहेछ भन्ने संकेत दिनुभएको छ । उहांले आफ्नो फेसबुकमा भन्नुभएको छ । “आहा ! एकान्त, शान्त र प्रसिद्ध आध्यात्मिक शिखर बडिमालिका फेँदीमा अक्षत र अप्रतिम त्रिवेणी पाटन !भर्खरै खानीबाट बाहिर निकालिएको हीरा जस्तो पर्यटकीय गन्तव्य ।( पदयात्राका केही अविस्मरणीय पलहरू ।)” फेसबुक मार्फत सार्वजनिक गर्नुभएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डल भन्नुहुन्छ बडिमालिका जति सून्दर छ त्यति ब्यबस्थित छैन । फुलचढाउना भितोचिन्ना माथि फोन नै लाग्दैन । बाटोमा सौचालय खानेपनी र धर्मशाला पनि छैनन् । बडिमालिका घुम्न जति आनन्द आउँछ राती वस्न त्यति दुुःखजिलो पनि छ । भौतिक संरचना निर्माण गर्न आवस्यक छ । त्रिबेणी देखि बडिमालिका सम्म पानीको श्रोत छैन । श्रोत नभएका ठाउँमा हार्वेष्टिङ्ख टंकी निर्माण गर्नु पर्ने धारण उहांको छ । भोतिक सुविधा दिनसके बडिमालिकाले विश्वका पर्यटक तान्न सक्ने तागत राख्दछ सहायक प्रजिअ मण्डलको भनाई छ ।
अहिलेको सूचना र प्रविधीको जमानामा दुई -दुई दिन सम्म मान्छेले सञ्चार विच्छेदन् हुनपर्दा नमिठो लाग्छ । राष्ट्रिय गौरब तथा धार्मिक ऐतिहांसिक महत्व बोकेको पवित्र देवतुल्य भुमी बडिमालिकाको प्रचारसंगै भौतिक संरचना निर्माण गर्न अति आवस्यक देखिन्छ, प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याको भनाई छ । नेपालटेलिकमले बढीमा एक करोड रुपैंया खर्च गरेर टावर निर्माण गर्नुपर्छ मानव बस्ती नभएको ठाउँको यात्रा गर्दा सञ्चार अतिआवस्यक छ । सञ्चार नहुंदा नागरिक सूचनाको मौलिक हकबाट बिमुख भएको भन्दै मंगलवार नेपाल टेलिकम प्रादेशिक कार्यालय अत्तररिया कैलालीलाई टावर निर्माण गर्न पत्र मार्फत पैरबी गर्नुभयो ।
बाजुरा जिल्लाको त्रिबेणी नगरपालिका वडा नं छ र नौ मा अवस्थित जगत जननी श्री बडिमालिका माताको दर्शनार्थ आन्तरिक बाह्य पर्यटकहरु दिनहुं तथा गंगादशहरा र श्रावण चतुर्दशीको अवसरमा निरन्तर नियमित मेला लाग्ने गरेको छ। वर्षामा दुई पटक लाग्ने मेलाको अवसरमा छिमेकी जिल्लाहरु कैलाली , कञ्चनपूर ,दार्चुल्ला बैतडी, अछाम बझाङ्ख, हुम्ला जुम्ला र मुुगु र कालिकोट लगायत देशका विभन्न जिल्लाहरुबाट दर्शनार्थीहरुको घुईचो लाग्ने गरेको छ ।
देशका उच्च पदस्थ अतिविशिष्ठ महानुभाव समेत बडिमालिका माताको दर्शनार्थ आउने गरेका छन् । तर बडिमालिका यात्राका क्रममा दुईदिन सम्म पनि आफन्तसंग पैदलमार्ग फोन सम्पर्क नहुने । सूचनाको आदानप्रदान पनि नहुने हुंदा सर्बसाधारण ब्यब्क्तीहरु सूचनाको हकबाट समेत बञ्चित हुनुपरेको तथा यात्राका क्रममा विभिन्न खाले समस्या (लेक लाग्ने, यात्राका क्रममा चोटपटक तथा दुर्घटना हुंदा घाईते तथा विरामीहरुको उद्धार र उपचारका लागि एकदमै कठिनायी भएको छ । जिल्ला प्रशासन काार्यलय बाजुराबाट प्रेसित पत्रमा उल्लेख छ ।
जगत जननी बडिमालिका क्षेत्रको उपयुक्त पायक पर्ने स्थानमा टेलिफोन टावर स्थापना गर्न आवस्यक व्यवस्थाका लागि अुरोध छ प्रजिअ पाध्याद्वारा हस्ताक्षेरित पत्रमा उल्लेख छ । यसैवीच जगतजननी बडिमालिका माताको दर्शन गर्न आगामी कार्तिक एक गते राष्ट्रपति रामचन्द्र पौडेल बडिमालिका आउने प्रारम्भिक कार्यक्रम तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार खिला कार्कीले टेलिफोन सम्पर्क मार्फत जानकारी गराउनु भएको छ ।











प्रतिक्रिया