धादिङमा बुलेरो दुर्घटना हुँदा १० जना घाईते

940
Shares

धादिङ ।

धादिङको सिद्दलेक गाउँपालिका–६ पिप्ले नजिकै बोलेरो दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा वडा नम्बर ५ निवासी ३७ वर्षीया प्रमिला घले, ४५ वर्षीया रस्मिला विक, ३५ वर्षीय मिलन श्रेष्ठ, ३५ वर्षीया चेली घले, २१ वर्षीया अनिता गुरुङ, ३० वर्षीय पदम वहादुर श्रेष्ठ, ४० वर्षीया कल्पना नगरकाेटी, ४२ वर्षीय राजेन्द्र नगरकाेटी गम्भीर, वडा नम्बर ६ का ९ वर्षीय नर बहादुर घले रहेका छन् । राजेन्द्र नगरकाेटी र रस्मिला विक गम्भीर घाईते छन् ।

धादिङबेसी मलेखु सडकखण्डको परेवाटारबाट खाद्यान्न र यात्रु साधारण बोकेर रैकरतर्फ जाँदै गरेको बोलेरो ग १ ज ७८६७ नम्बरको बलेरो जीप दुर्घटनामा परेको हो जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी निरिक्षक प्रहाद सिलवालले बताए ।

घाइतेमध्ये ६ जनालाई धादिङ अस्पताल उपचारका लागि लगिएको स्थानीय उद्धारकर्मी राजु उपाध्यायले जानकारी दिए । सबै घाइतेको धादिङ अस्पतालमा उपचार भइरहेको छ । बाँकी सामान्य घाइते भएकाहरूकाे उपचारका लागी स्थानीय अस्पतालमा लगिएको छ ।