नन्दकृष्ण अमेरिकामा सम्मानित


काठमाडौं ।

देउडा सम्राट अमेरिकामा सम्मानित भई स्वदेश फकिएका छन्। गायक जोशी न्यूयोर्कमा हालै सम्पन्न सातौं फिल्मी अवार्ड कार्यक्रममा सम्मानित भएका हुन्।

देउडा गायन र सस्कृतिका अभियन्ता जोशी नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशको जनजीवनमा आधारित लोकप्रिय विधा देउडालाई देश र विदेशमा प्रचार गर्न महत्वपूर्ण योगदान दिएवापत सम्मानित भएका हुन्। जोशी ४७ वर्षदेखि निरन्तर रूपमा गायन र संस्कृतिका लागि जोशी लागिपरेकाले नेपाल फिल्म सोसाइटीले उनलाई अभिनन्दन गरेको हो।

कार्यक्रममा प्रथम नायिका भुवन चन्द, अभिनेत्रीद्वय वसुन्धरा भुषाल र शर्मिला मल्ल तथा अभिनेताद्वय रवीन्द्र खड्का र डा. घनश्याम खतिवडालगायतलाई सम्मान गरिएको थियो।

जोशीले २०३४ सालमा जोशीले रेडियो नेपालमा देउडा गीत रेकर्ड गराएका थिए। कर्णाली र सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण संस्कृति बोकेको झर्रो मौलिकपनको देउडा गीत रेडियोमा रेकर्ड गर्ने जोशी पहिलो गायक हुन्।

जोशीले त्यस क्षेत्रका गाउ“बस्ती घुमेर भाका संकलन गरी निजी लगानीमा २२ गीति क्यासेट एल्बम् उत्पादन गरेर सांस्कृतिक जागरण ल्याएबापत विभिन्न संघसंस्था र नेपनल सरकारबाट पनि विभिन्न मानपदवी र पुरस्कार प्राप्त गरिसकेका छन्।
जोशी अन्तर्राष्ट्रिय साहित्य समाज वोस्टन शाखाबाट अभिनन्दित भएका छन्। कार्यक्रममा कृष्ण मल्ल, शर्मिला मल्ल, वसुन्धरा भुषाल, रवीन्द्र खड्का, डा. घनश्याम खतिवडालगायतका कलाकारलाई अभिनन्दन गरिएको थियो।

गौरा पर्वको सन्दर्भ पारेर देउडा प्रस्तुति र विभिन्न कार्यक्रममा सहभागी हुन अमेरिका पुगेका गायक जोशी सुदुर पश्चिम समाज टेक्सासबाट अभिनन्दित भएका छन्। कार्यक्रममा जोशीले रेडियोमा गाएका पुराना गीत सुनाएका थिए भने दर्शक देउडामा नाचेका थिए।