तिम्रै हुने मन छ सार्वजनिक


काठमाडौं ।

गायक सूर्य भुजेल र गायिका नित्या शिवाको स्वरमा तिम्रै हुने मन छ बोलको गीत भिडियोसहित सार्वजनिक गरिएको छ।
गीतमा शंकर अधिकारी ‘घायल’ को शब्द रचना, पुरुषोत्तम न्यौपानेको संगीत र संगीत संयोजन तथा राजीव शाहको मिक्सिङ र मास्टरिङ रहेको छ।

सञ्चारकर्मी कुमार आचार्यद्वारा निर्देशित भिडियोमा सलोन बस्नेत, सिमोन गिरी र नरेश पौडेल फिचर्ड छन्। गीतमा पुरानो समयको प्रेमकथा देखाइएको छ। सलोन र सिमोनको रोमान्स देखाइएको भिडियोमा नरेशलाई सिमोनको बुवाका रूपमा प्रस्तुत गरिएको छ।

ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक भिडियोमा सुरेश पाण्डेको कोरियोग्राफी, ईश्वर सिंकेमनको छायांकन, सौरभ लामाको छायांकन निर्देशन र बन्दे प्रसादको सम्पादन रहेको छ।