सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु


काठमाडौँ।

सिन्धुलीमा यात्रुबाहक बस दुर्घटना भएको छ । काठमाडौँबाट भोजपुर जाँदै गरेको बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा आज दिउँसो दुर्घटना भएको हो ।

दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले जानकारी दिए। उनका अनुसार मृतकको पहिचान भने खुलिसकेको छैन।

घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए।