प्रधान सेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान


काठमाडौँ।

प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी हरेन्द्र पाठकलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

यही असोज १८ को मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बढुवा भएका पाठकलाई आज जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच प्रधान सेनापति सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । पदोन्नतिसँगै उपरथी पाठक नेपाली सैनिक वार कलेजको शिक्षाधिकृतमा नियुक्त भएका छन् ।

प्रधान सेनापतिले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका महासेनानी मनि कुमार श्रेष्ठ र महासेनानी विष्णु बहादुर कार्कीलाई सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह एवं महासेनानी दर्जामा पदोन्नति भएका प्राविधिक प्रमुख सेनानी डा.निरव कायस्थ, प्रमुख सेनानी प्रशान्त बज्राचार्य, प्रमुख सेनानी रित बहादुर रानाभाट, प्रमुख सेनानी सरोज राना र प्रमुख सेनानी सुसिल महतलाई महासेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरे ।

कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्द एवं अधिकृतका परिवारजनको उपस्थिति थियो ।