स्रोत नखुलेको १९ लाख नगदसहित काठमाडौँबाट दुई जना पक्राउ


काठमाडौँ।

काठमाडौँबाट स्रोत नखुलेको १९ लाख नगदसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा घर भई काठमाडौँको कलंकी बस्दै आएकी ३५ वर्षीया सावित्री वली र न्युरोड बस्ने २५ वर्षीय सुरेश वली रहेका छन् ।

स्रोत नखुलेको १५ लाख रकमसहित सावित्री वलीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उक्त रकम भारतीय नागरिकको रहेको र एक वर्षदेखि काठमाडौँको न्यूरोडस्थित भारतीय नागरिकको कार्यालयमा काम गर्ने गरेको प्रहरी समक्ष बताएकी थिइन्।

उक्त कार्यालयको चेकजाँच गर्दा सुरेशको साथबाट थप स्रोत नखुलेको ४ लाख रकम पनि बरामद गरी नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।