किड क्विनका अनेक प्रतिभा



काठमाडौं ।

नेप्लिज फेसन होमले बालिकाको व्यक्तित्व र प्रतिभामूलक प्रतियोगिता किड क्विन नेपाल २०२४ का सहभागीबीच ट्यालेन्ट शो आयोजना गरेको छ।

आगामी कातिक १० गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने १९औं संस्करणको किड क्विन नेपालका प्रतिस्पर्धीले शनिबार होटल एल्लो प्यागोडामा आयोजित ट्यालेन्ट शोमा आफ्ना प्रतिभा प्रदर्शन गरे।

प्रतियोगितामा सामेल नौदेखि १४ वर्षसम्मका ४० प्रतिभावान् बालिकाले ट्यालेन्ट उपाधिका लागि आयोजित ट्यालेन्ट शोमा चित्रकला, अभिनय, नृत्य, वकतृत्वकला, वाद्यवादनजस्ता प्रतिभा प्रदर्शन गरी निर्णायक तथा अभिभावकलाई प्रभावित पार्ने प्रयास गरेका थिए।

ट्यालेन्ट शोमा रिन्छेन लामा, परी श्रेष्ठ, प्रासिका अधिकारी, पलिस्था महर्जन, जीयना रसाइली, सारिका सिटौला, सृष्टि रञ्जितकार, भाग्यश्री खड्का, सुवाना लोहनी, सेरीना गुरुङ, सफलता श्रेष्ठ, शिभ्याना सिंह, सुधा तामाङ, रचेल कटुवाल, प्रसुति घिमिरे, हन्सिका महर्जन, तिसा महर्जन, सृष्टि विष्ट, अनन्या खड्का, काव्या शिवाकोटी, सविता केसी, सुदीक्षा श्रेष्ठ, एन्जेलिना नगरकोटी, युनिशा गोदार, दिलासा अमात्य, रुमी खड्गी, सुमन महर्जन, प्रान्जु श्रेष्ठ, युनिका तेवा, ऋतु लोहनी, सोनिशा अधिकारी, अजना आचार्य, सिचु महर्जन, जेसिका श्रेष्ठ, श्रीषा श्रेष्ठ, नसिका ठकुरी, सुमिरन पुडासैनी, सोना गुरुङ र प्रान्सी अधिकारीले विभिन्न विधामा आफ्ना प्रस्तुति प्रस्तुत गरी सहभागीको मन जित्ने प्रयास गरेका थिए।

आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरको सभापतित्व, समाजसेवी सोवित उप्रेतीको प्रमुख आतिथ्यता तथा अभिनेता मदनदास श्रेष्ठ, महिला इन्टरपेनर सरितादेवी श्रेष्ठ, लायन्स क्लब अफ काठमाडौं शेषमतिका प्रेसिडेन्ट दिलकुमार महर्जन, नेपाल क्यान्सर रिलिफ सोसाइटी काठमाडौं शाखाका प्रमुख श्रीकृष्ण महर्जन, किड क्विन नेपाल २०२२ इरिना महर्जन र समाजसेवी मदनकुमार जोशीको विशेष आतिथ्यतामा सम्पन्न ट्यालेन्ट शोमा यशओ नेवाका अध्यक्ष डा. शिक्षिता श्रेष्ठ, नमुना कलेजका सहायक प्रधान अध्यापक जिवेश्वोरलाल श्रेष्ठ, अधिवक्ता लक्ष्मण महर्जन, संगीतकार नरहरि प्रेमी, ड्रेस डिजाइनर शोभा महर्जन, ब्युटिसियन मन्जु कार्की पाण्डे र पत्रकार अरुणा भट्टराई निर्णायक रहेका थिए।

आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले नेवारी कला, संस्कृति, भाषा र संस्कार नया“ पुस्तालाई हस्तान्तरण गर्न यो प्रतियोगिता आयोजना गरिँदै आएको छ। प्रतियोगिता मिस नेवाः ११४३ सकिना महर्जन र सोसियल वेलफेयर एम्बेस्डर चिफ तिमिला महर्जनको कोरियोग्राफी तथा मिस नेवाः ११४१ कृषा महर्जनको संयोजनमा हुनेछ।