गजलमा आस्थाको दियो


काठमाडौं ।

गायक शिव परियारको स्वरमा गीत गजल आस्थाको दियो हालै सार्वजनिक गरिएको छ। नारद पोखरेलको शब्द रचना र संकेत अगस्तीको संगीत रहेको गजल ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

एसराज गराच र मारिया कार्कीको अभिनय रहेको गजलको भिडियो निकेश खड्काले निर्देशन गरेका छन्। गीतमा प्रेमीले आफ्नी प्रेमीकाले मायामा गरेको समर्पण र साथबारे चर्चा गरेका छन्। भिडियोमा भने एक-अर्कालाई निकै प्रेम गर्ने एक प्रेम जोडीको प्रेम कथा पस्किईएको छ।

जसमा प्रेमीकाले आफ्नो लागि घरबाट विभिन्न खालका विवाहका प्रस्ताव आउँदा समेत अस्विकार गरि परिवार छोडेर प्रेमीको साथ रोज्छिन्। भिडियोमा सो जोडीको विवाहदेखि बुढेसकालसम्म एक -अर्काप्रतिको साथ र माया प्रेम प्रस्तुत गरिएको छ। कलात्मक शैलीमा पस्किईएको भिडियोमा दिनेश पराजुलीको छायाकंन र विकास धमलाको सम्पादन रहेको छ।