बार्सिलोनाको जितमा लेवानडोस्कीको ह्याट्रिक


काठमाडौं ।

स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले डिपोर्टिभो आल्भेजलाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा बार्सिलोनाले आल्भेजलाई ३-० गोल अन्तरले पराजित गरेको हो।

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले ह्याट्रिक गरेका थिए। लेवानडोस्कीले खेलको सातौँ, २२औँ र ३२औँ  मिनेटमा गोल गरेका थिए।

यो जितपछि बार्सिलोनाको ९ खेलमा २४ अङ्क भएको छ र लिगमा शीर्ष स्थानमा रहेको छ। त्यस्तै आल्भेजको भने ९ खेलमा १० अङ्क रहेको छ र लिगमा १३औँ स्थानमा छ।