एनपीएलमा शरद भेस्वाकर चितवनबाट खेल्ने


काठमाडौं ।


नेपाल प्रिमियर लिग (एनपीएल) मा ब्याट्सम्यान शरद भेस्वाकरलाई चितवन राइनोजले किनेको छ ।

पहिलो चरणको अक्सनमा बिक्रि नभएका शरदलाई चितवनले आफ्नो पहिलो च्वाइसको खेलाडीको रुपमा उनको न्युनतम मुल्य १० लाख तिरेर भित्र्याएको हो ।

कुशल मल्ल मार्की खेलाडी रहेको चितवनले यस अक्सनमा राष्ट्रिय टिमका बलर रिजन ढकाल र कमल सिंह ऐरीलाई १०-१० लाख तथा स्पिनर विपिन रावललाई ८ लाखमा किनेको छ ।