नेपाली सेनाद्वारा सुनकोशी नदीमा वेली वृज जडान कार्य सुरु


काठमाडौं ।

नेपाली सेनाले सुनकोशी नदीमा वेली वृज जडानको कार्य सुरु गरेको छ । हेटौंडाबाट बेलिब्रिजका सामान लगेर आजबाट बेलिब्रिज निर्माणको काम सुरु भएको नेपाली सेनाले जनाएको छ।

लगातार भारी वर्षाकाे कारणले सिन्धुलीको खुर्कोट र रामेछाप जोड्ने पुल बगाएपछि नयाँ बेलिब्रिज निर्माण थालिएको हो। रामेछाप जोड्ने बीपी राजमार्ग अस्थाई रुपमा खोल्ने प्रयास भइरहदाँ सुनकोसीमा बेलिब्रिज राख्न थालिएको हो।