ज्वाइँसाबका कमेडी र दुःख


काठमाडौं ।

आगामी बिहीबार फुलपातिका दिन रिलिज हुने फिल्म ज्वाइँसाबको ट्रेलर सार्वजनिक गरिएको छ। ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक दुई मिनेट ५६ सेकेन्डको ट्रेलरमा कमेडीसँगै मर्मस्पर्शी दृश्य समोवश छ। ट्रेलर फिल्मका लागि ज्वाइँसाब बनेका जितु नेपाल वरपर घुमेको छ।

आफ्नो विवाह नगरिदिएर बुवाले आफैं बिहे गरेपछि रिसाएका जितुको विवाह यात्रालाई ट्रेलरमा स्थान दिइएको छ। ट्रेलरमा फिल्मकी नायिका नीति शाहस“ग विवाह गर्न तयार युवाले भारी बोक्ने, चिया पकाउने, लुगा धुनेजस्ता विभिन्न प्रतिस्पर्धा गरेको देखाइएको छ।

ट्रेलरमा फिल्मका कलाकार जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरेलगायत कलाकारलाई स्थान दिइएको छ। फिल्मले पाएको हाइपका कारण ओभरसिज राइट्स बिक्री भइसकेको फिल्म वसन्त निरौलाले निर्देशन गरेका छन्।

मौसम फिल्म्स्को सहकार्य र रेड आई फिल्म्स्को ब्यानरमा सौगात पण्डित र पदमलाल तामाङद्वारा निर्मित तथा राजकुमार पण्डितद्वारा प्रस्तुत फिल्ममा जितु नेपाल, नीति शाह, रमेश वुढाथोकी, बुद्धि तामाङ, हिमेश पन्त, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, कमलमणि नेपाल, प्रकाश घिमिरे, सिपी पौडेल, दीपक अधिकारी, राजकुमार पण्डित, राजेन्द्र्र नेपाली, विश्व मुखिया, सुमन राई, रोशन नेपाल, सुनील तामाङ, नवीन काफ्ले, शिवु पाण्डेलगायत कलाकारले अभिनय गरेका छन्।

विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत, सञ्जय थापाको द्वन्द्व निर्देशन, श्याम तामाङको छायांकन र सन्देश शाहको सम्पादन रहेको छ।