शिव श्रेष्ठलाई अन्तर्राष्ट्रिय स्टारको उपाधि


काठमाडौं ।

लोकप्रिय अभिनेता शिव श्रेष्ठलाई नेपालको पहिलो अन्तर्राष्ट्रिय स्टारको रूपमा सम्मानित गरिएको छ। स्पर्श मिडिया एन्ड इन्टरटेन्मेन्ट, पेजेन्ट नेपाल इन्टरनेशनल र ब्राइट इभेन्ट म्यानेज्मेन्टद्वारा हालै राजधानीमा आयोजित चौथो संस्करणको स्पर्श म्युजिक भिडियो अवार्ड–२०२४ मा पाकिस्तानी फिल्ममा समेत अभिनय गरेर नेपाली कलालाई अन्तर्राष्ट्रियकरण गरेवापत अभिनेता श्रेष्ठलाई नेपालको पहिलो अन्तर्राष्ट्रिय स्टारको रूपमा सम्मान गरिएको हो।

कार्यक्रममा डेब्यूतर्फ दिप्शन चिलुवाल र आश्रिया थापा बेस्ट बाल मोडल, परिष्ना बास्तोला बाल गायिका, ब्रमिम हमाल डायस्पोरा मोडल, प्रभा राई लोकदोहोरी गायिका, नम्रता खरेल पप आधुनिक गायिका र मेग सुवेदी नव मोडल, इन्डिजिनियसतर्फ नइन्द्र लोहोरु र समिता गिरी मोडल, सेजिया पे लडे भोजपुरी म्युजिक भिडियो तथा राज टाइगर र निना बुढाथोकी मोडल, लोक दोहोरीतर्फ ध्रुव पुन गायक, पूर्णिमा सेन ठकुरी गायिका, सामना शाह गीतकार, आयान्स राई बाल मोडल, बाबुराम सुनार र अस्मिता पुरी मोडल तथा उमेश गुरुङ म्युजिक भिडियो निर्देशकको अवार्ड विजेता भए।

त्यसैगरी पप आधुनिक विधातर्फ समीर राई गीतकार, सुमन राई गायक, साक्षी लम्साल मोडल र गोपाल ढकाल म्युजिक भिडियो निर्देशक, लोक आधुनिकतर्फ गोविन्द भट्ट गीतकार, सरिता भारती गायिका, प्रशान्त मगर कोरियोग्राफर, सपना जनक र सेन्जल पौडेल मोडल, केशव कोइराला म्युजिक भिडियो निर्देशक विजेता भए भने उत्कृष्ट विधातर्फ बिमला हमाल श्रेष्ठ डायास्पोरा गायक, दीपक तिरुवा संगीतकार, प्रचण्ड बाबु राई गायक, सन्जना श्रेष्ठ गायिका, अनुप डंगोल कोरियोग्राफर, दिनेश पराजुली छाया“कार, विकास दाहाल सम्पादक, प्रिज्योल भण्डारी टिभी वेब कलाकार, सन्जित भण्डारी र प्रनिमा दाहाल मोडल, शिशिर खाती म्युजिक भिडियो निर्देशक र जानी न जानी म्युजिक भिडियो विधाको अवार्ड विजेता भए।

कार्यक्रममा गायक आनन्द कार्की, रंगकर्मी विरेन्द्र हमाल, कोरियोग्राफर बिवेक श्रेष्ठ, मोडल तथा निर्माता अनुपम श्रेष्ठ, हेयर स्टाइलिष्ट सोन के शर्मा, मेकअप आर्टिष्ट सोनाली शिल्पकार, ब्यूटिसियन करुणा पुरी, अभिनेता तथा कोरियोग्राफी कृष्ण रसाल, गायक गणेश थापा, निर्देशक आदित्य बुढाथोकी र लेखक तथा सञ्चारकर्मी संगीता श्रेष्ठलाई सम्मान गरिएको थियो। त्यसै गरी विशाल कार्कीलाई प्रोडक्सन मेनेजर, मनोज लामा र सरिता मगरलाई मेकअप आर्टिष्ट, दिलमाया मगरलाई म्युजिक भिडियो फेसन डिजाइनर, रीमा श्रेष्ठलाई गीतकार, निकेश खड्कालाई लोकप्रिय म्युजिक भिडियो निर्देशक, सुजल बमलाई मस्ट इन्स्पायरिङ म्युजिक भिडियो मोडल र रीमा विश्वकर्मालाई म्युजिक भिडियो क्विनबाट पुरस्कृत गरिएको थियो।