काठमाडौं ।
दिव्या पात्रा र विभा बस्नेत मिस र मिसेज हेरिटेज इन्टरनेशनल नेपाल २०२४ भएका छन्। राजधानीमा सम्पन्न प्रतियोगितामा रोशनी महर्जन मिसेस अर्थ एलिट नेपाल २०२४ भएकी छन्।
आइडियल मोडल कलेजमा अध्यायनरत पात्राले उपाधि जितेवापत् आगामी नोभेम्बरमा थाइल्यान्डमा हुने मिस हेरिटेज इन्टरनेशनल २०२४ र विभाले मिसेस हेरिटेज इन्टरनेशनल २०२४ र महर्जनले नोभेम्बरमै फिलिपिन्समा हुने ‘्मिसेस अर्थ एलिट २०२४ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्।
ग्रीन आर्ट्स मिडिया प्रालिको आयोजनामा सम्पन्न प्रतियोगितामा मिसतर्फ जसु महर्जन फष्ट र प्रत्युषा नेपाली सेकेन्ड रनर्सअप भए। प्रतियोगितामा जसु महर्जन मस्ट ट्यालेन्ट, रोशनी महर्जन मस्ट फ्रेन्ड्ली, सान्ड्रिया राई मस्ट डिसिप्लेन, दिव्या पात्रा बेस्ट वाक, विभा बस्नेत बेस्ट पर्पmमर, लिली राई बेस्ट स्माइल, सितल बल चार्मिङ पर्सनालिटी, प्रत्युषा नेपाली बेस्ट स्किन, रिभिमा बिसुंके बेस्ट हेयर र गंगा पुरी मस्ट इन्सपाइरिङ उपउपाधिको विजेता भए।
अनिला श्रेष्ठको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा लुनिमा तुलाधर, सोफिया भुजेल, दिवास योन्जान र क्याथरिन दाहाल निर्णायक रहेका थिए।
प्रतिक्रिया