काठमाडौं ।
सलोन सलिना फिल्म्स् प्रालिको ब्यानरमा निर्माणाधीन फिल्म रंगीको स्क्रिप्ट पूजा गरी निर्माण कार्य शुरू गरिएको छ। नायक सलोन बस्नेत प्रस्तुतकर्ता रहने फिल्मको घटस्थापनाको अवसर पारेर बिहीबार राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा स्क्रिप्ट पूजा गरिएको हो।
सुरेश न्यौपानेको डेब्यू निर्देशनमा बन्ने फिल्मको स्क्रिप्ट पूजामा सलोन बस्नेत, नम्रता श्रेष्ठ, निर्देशक सुरेशलगायत सहभागी थिए। निर्देशक न्यौपानेले म यस्तो गीत गाउछु २, कृ, यात्रा, छक्का पन्जा, ए मेरो हजुर २ जस्था फिल्ममा मुख्य सहायक निर्देशनको अनुभवपछि यो फिल्मबाट निर्देशकमा डेब्यू गर्न लागेका हुन्।
सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आरुषी कार्की, विशाल पहारी र सुमिन गुरुङको अभिनय रहने फिल्म आगामी कातिक ५ गतेबाट सुटिङ फेलोरमा जानेछ। फिल्मले बाबु छोरीको कथालाई चित्रण गर्नेछ।
सक्षम सुवेदीको निर्माणमा निर्माणाधीन फिल्ममा सुमन गजमेरको लेखन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी र सौरभ लामाको छायांकन रहनेछ।
प्रतिक्रिया