मुटुमै गाँसेको साइनो सार्वजनिक



काठमाडौं ।

टेक विसीको स्वरमा मुटुमै गाँसेको साइनो बोलको गीत भिडियोसहित सार्वजनिक गरिएको छ। भीम विसीको संगीत, हरिभक्त बुढाथोकीको शब्द रचना र विश्व अधिकारीको एरेन्जमेन्ट रहेको सार्वजनिक गीतमा टेकलाई अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छन्।

विक्रम चौहानको कथा र निर्देशन रहेको गीतको भिडियोमा सुन्दर घलान, विनिता घलान र विकाश बुढाथोकीलाई फिचरिङ गरिएको छ। प्रेमिल भावको गीतमा आफूले मन पराएको मान्छे आफूदेखि कहिल्यै टाढा नहोस्, मायामा कमी नहोस् भन्ने भाव व्यक्त गरिएको छ।

प्रकाश खडकाको छायांकन रहेको गीतको भिडियोमा मीन रावलको सम्पादन छ। गीतको भिडियो गीतकार हरिभक्त युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो।