अखिल क्रान्तिकारीको स्थगित राष्ट्रिय सम्मेलन मंसिरमा हुने


काठमाडौं ।

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको स्थगित २३औं राष्ट्रिय अधिवेशन मंसिर २३ र २४ गते हुने भएको छ ।

उमेरहद विवादका कारण रोकिएको अधिवेशन मंसिर २३ र २४ गते हुने निर्णाय भएको अध्यक्ष मण्डलले जानकारी दिएको छ । 

वीरबहादुर थापा अध्यक्ष रहेको ७ सदस्यीय अध्यक्षमण्डलले शनिवार विज्ञप्ती जारी गर्दै रोकिएको अधिवेशन मङ्सिरमा हुने बताएको हो ।

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यही १० गते उद्घाटन गरेको अधिवेशनमा उमेर हद लगाउने विषयमा विवाद भएपछि मतदानबाट समाधानको प्रयास गरिएको थियो । बन्द शत्र अनिर्णित भइरहेका बेला देशभर परेको बाढी पहिरोलाई कारण देखाउँदै अधिवेशन बन्द शत्रबाट नै अनिश्चितकालका लागि स्थगित भएको थियो ।

शनिबार बसेको शीर्ष तहका पार्टीका नेता तथा विद्यार्थी नेताहरुबीच बन्द शत्रमा उत्पन्न विवाद मत विभाजनको आधारमा टुंगो लगाउने सहमति भएसँगै मङ्सिर २३ र २४ गते सम्पन्न गर्ने निर्णय भएको छ ।