बोलेरो जीप दुर्घटना : दशैं मनाउन घर फर्केका दुई जनाको घटनास्थलमै मृत्यु


काठमाडौं ।

ताँजकोट गाउँपालिका–४ को तीर्थसैनामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालीका २० निवासी ४९ वर्षीय विष्णु परियार र हुम्लाको चङ्खेली गाउँपालिका ६ का करिब छ वर्षीय बालक अभिषेक बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका जनाकारी दिएकाे छ ।

हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको लु १ ज २३४३ नम्बरको रोकिराखेको जीप आफैँ पछाडितर्फ गुडेर तीन सय मिटर तल खसेको प्रहरीले बताएकाे छ ।

मृतक परियार दसैँ मनाउनका लागि सदरमुकाम सिमकोटबाट घर फर्केका थिए, बालक पनि मामा घर जानलाई उनीसँगै आएकाे प्रहरीले जाकारी दिएकाे छ ।