माछापुच्छ्रे क्रिकेट लिग: पोखरा फिनिक्स र इस्लामिक कङ्कर्सको जित


पोखरा ।

माछापुच्छ्रे क्रिकेट क्लबको आयोजनामा लेखनाथमा जारी माछापुच्छ्रे क्रिकेट लिग अन्तर्गत शनिबारको खेलमा पोखरा फिनिक्स र विजयी भएका छन् । पोखरा फिनिक्सले आर.के. भिक्टोरियनलाई ६ विकेटले तथा इस्लामिक कङ्कर्सले कुस्मा वारियर्सलाई २ विकेटले पराजित गरेको हो ।

शनिबारको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको आर.के. भिक्टोरियनले ८ विकेटको क्षतिमा ९४ रनको योगफल तयार पारेको थियो । उसका लागि निजामुदिन शेखले १९ बलमा अविजित २५ रन हाने । सफल श्रेष्ठले २८ बलमा २४ रन जोडे । पोखरा फिनिक्सका बलर सिब्रिन श्रेष्ठ र सुदर्शन कुँवर दुवै जनाले २-२ विकेट लिए ।

जितका लागि ९५ रन पछ्याएको इस्लामिकले ८.४ ओभरमा ४ विकेट गुमाउँदै विजय प्राप्त गर्यो । इस्लामिकको तर्फबाट प्लेयर अफ द म्याच मनोज कोइरालाले बिस्फोटक ब्याटिङ गर्दै १७ बलमा ४६ रन हाने । उनले २ छक्का र ४ चौका प्रहार गरेका थिए । त्यस्तै विनोद नेपालीले १२ बलमा अविजित १७ रन, सिब्रिन श्रेष्ठले १२ बलमा १६ रन तथा अमृत लामिछानेले ५ बलमा १४ रन जोडे । भिक्टोरियनका बलर एलिक श्रेष्ठले २ विकेट लिए ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको कुस्मा वारियर्सले १६ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ८० रन जोडेको थियो । कुस्माका लागि धिरज अधिकारीले १६ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो आँकडाको योगफल तयार पार्न सकेनन् । उसले ३६ अतिरिक्त रन पाएको थियो । इस्लामिकका बलर रोशन कंडेल र पुस्कर पौडेलले ३-३ विकेट लिए ।

जितका लागि ८१ रनको लक्ष्य पाएको इस्लामिकले १६.२ ओभरमा ८ विकेट गुमाएर जित हासिल गर्यो । इस्लामिकका लागि प्लेयर अफ म्याच रोशन कँडेलले अविजित २९ तथा विजय विकले अविजित १९ रनको योगदान दिए । कुस्मा वारियरका समिर भुजेल र विकास क्षेत्रीले ३-३ विकेट लिए । खेलाडीहरुले देशमा हालै आएको बाढी पहिरोबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै १ मिनेट मौन धारणा गरेका थिए ।