राजमार्गका दुई होटललाई फोहोर खाना बिक्री गरेपछि जरिवाना

14.66k
Shares

धादिङ ।

जिल्ला सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको सक्रियता बढेसँगै राजमार्ग होटल र सवारी साधनमा हुने अनियमितता टार्गेटमा परेकाे छ ।

प्रमुख जिल्ला अधिकारी घिमिरेको नेतृत्वमा गरिएको अनुगमनमा होटलमा लिईने मूल्य, सरसफाइतर्फ केन्द्रीत रहेको छ ।
पछिल्लो पटक गजुरी गाउँपलिकामा रहेको बिग जोन होटल एण्ड लज किचेनलाई २० हजार, गल्छी गाउँपालिकामा रहेको कान्तिपुर थकाली किचेन एण्ड लजलाई २० हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला अनुगमन समितिका सदस्य सचिव चुडामणि पुरीले जानकारी दिए।

होटल फोहोर भएको, खानेकुरामा फोहोर पर्ने गरि राखेको, होटलसँग भएको कोल्ड स्टोर दर्ता नगरी संचालन गरेको र खानेकुराको मूल्या बढी लिएको गुनासोको आधारमा होटलहरुको अनुगमन गरिएको थियो । मूल्य सूचि नराखेको, खानेकुरा फोहोर र होटलको सरसफाइ नभएको अनुगमन समितिले जनाएको छ ।


चाडपर्वको समयमा बजारमा पाइने सामानहरुको अत्याधिक मूल्य लिने, उपभोक्ता ठगिने कारणले नागरिकहरु समस्यामा पर्ने भएपछि नागरिकहरुको आग्रह र उजुरीको आधारमा निरन्तर अनुगमन भइरहेको जानकारी दिए ।