कृषि उत्पादन बढाएर आयात प्रतिष्थापन गर्नुपर्छ : उपाध्यक्ष घिमिरे

752
Shares

सुनसरी ।

राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले कृषि उत्पादन बढाउने र आयात प्रतिस्थापन गर्नुपर्ने कुरामा जोड दिनुभएको छ ।
सुनसरीको तरहरामा रहेको प्रादेशिक कृषि अनुसन्धान केन्द्रको शुक्रवार र शनिवार अवलोकन गर्दै बढ्दो आयातलाई आयात प्रतिष्थापन गर्नका लागि कृषि उत्पादन बढाउनुपर्नेमा जोड दिनुभएको हो ।

उपाध्यक्ष विमला घिमिरेले नेपालमा कृषि उत्पादन बढाउन सकिने ठुलो संभावना भएपनि आयातमा निर्भर रहनु विडम्बना भएको बताउँदै सबैखाले कृषि उत्पादन बढाउनका लागि योजना र कार्यक्रम तय गरिनुपर्छ भन्नुभयो । ‘नेपालमा कृषि उत्पादन बढाउने संभावना छ तर उत्पादन बृद्धि र आयात प्रतिस्थापन प्रमुख चुनौतीको रुपमा देखिएको छ’, उहाँले भन्नुभयो ‘खाद्यान्न, फलपूmल, दुध र मासु उत्पादन बढाउन सकेमा बैदेशिक ब्यापार घाटा धेरै घटेर जानेछ।’ तीनै तहका सरकारको प्रमुख जोड नै कृषिमा आयात प्रतिष्थापन गर्ने र निर्यात बढाउने हुनुपर्छ उहाँको भनाइ थियो ।


प्रादेशिक कृषि अनुसन्धान केन्द्रमा भैंसीका बिकास कार्यक्रमको अनुगमन गर्नुभयो । साथै उहाँले अनुसन्धान केन्द्रले सिमित स्रोत साधनको बावजुद अनुसन्धानका क्षेत्रमा गरेको प्रयासको सह्रना गर्दै समस्याहरु समाधानका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराउने प्रतिबद्धता पनि जनाउनुभयो ।


अवलोकनमा राष्ट्रिय सभाकी सदस्य रुक्मिणी कोइराला लगायत स्थानिय तहका जनप्रतिनिधी पनि सहभागी हुनुभएको थियो । अनुसन्धान केन्द्रका प्रादेशिक प्रमुख गोविन्द तिम्सिना र जुट बिकास कार्यलयका प्रमुख सन्तोष त्रिपाठीले कार्यक्रमहरुका बारेमा जानकारी गराउनुभएको थियो ।