पोग्वाको प्रतिबन्ध घट्यो


काठमाडौँ । फ्रान्सका मिडफिल्डर पाउल पोग्वामाथि लगाइएको प्रतिबन्ध घटाइएको छ ।

डोपिङ प्रकरणमा पाँच बर्षको प्रतिबन्ध लागेका पोग्वाको प्रतिबन्ध उनको अपिल पछि १८ महिनामा घटाइएको हो । कोर्ट अफ आर्टिब्युसन फर स्पोर्ट्सले पोग्वाको प्रतिबन्ध पाँचबर्षबाट घटाएर १८ महिना मात्र गरेपछि उनलाई ठुलो राहत भएको छ ।

अब पोग्वा २०२५ को मार्चदेखि खेल्न पाउने भएका छन् । साथै उनी आगामी जनवरीदेखि नै प्रशिक्षण गर्न पाउने छन् ।

कोर्ट अफ आर्टिब्युसन फर स्पोर्ट्सले डोपिङको आरोपमा ३१ बर्षिय पोग्वालाई २०२३ को सेप्टेम्बरमा प्रतिबन्ध लगाएको थियो ।

फुटबलबाट सन्यासको संघारमा पुगेका २०१८ को विश्वकप विजेता पोग्वा अब प्रतिबन्ध कम भएसँगै फुटबलमा पुनरागमन गर्ने भएका छन् । उनले फ्रान्सबाट फेरी खेल्ने इच्छासहित सामाजिक संजालमा फ्रान्सको राष्ट्रिय टिमको नाम र लोगो अंकित मोजा र बुट लगाएको तस्वीर सामाजिक संजालमा सार्बजनिक गरेका छन् । साथै पोग्वाको इटालियन क्लब युभेन्टसमा पोग्वाको अझै दुई बर्षको सम्झौता बाँकी रहेको छ ।