दाउन्नेमा फेरि सडक भासियो


काठमाडौँ।

महेन्द्र राजमार्गको नवलपरासी पश्चिम खण्ड दाउन्नेमा बिहानैदेखि सडक पूर्ण रूपमा अवरुद्ध छ । शुक्रबार साँझ बर्दघाट नगरपालिका–४ स्थित खुर्सानी खोलामा सडक भासिएको थियो । मर्मत गरी शनिबार बिहान एकतर्फी सवारी आवागमन शुरु गरिए पनि फेरि सडक भासिएपछि पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए ।

सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट प्रयास भइरहेको उनले बताए । सडक सर्मत गरेर सवारी साधन सञ्चालन गर्नका लागि समय लाग्ने उनको भनाइ छ।