दाउन्ने खोर्साने खोलामा फेरि सडक भासियो


नवलपरासी ।

नवलपरासी पश्चिम बर्दघाट ४ खोर्साने खोला स्थित पूर्वपश्चिम राजमार्ग पुनः भासिएको छ ।

सडक भासिएका कारण अहिले पूर्व पश्चिम दाउन्ने खण्डको सडक आवागमा ठप्प रहेको जिप्रका नवलपरासी पश्चिमका सूचना अधिकारी प्रनाउ रेशम बोहोराले बताए ।

बोहोरका अनुसार अन्दाजी २० फिट लम्बाईमा सडक भासिए पछि तदारूकताका साथ त्यसमा माटो भर्नेकाम भई रहेको छ ।
यश अघि असोज १४ गते सोही स्थानमा सडक भासिदा सवारी तथा यात्रुहरू बीच बाटोमै करिब १२ घण्टा रोकिएका थिए ।