बाढीपहिरोबाट क्षतिग्रस्त स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस


काठमाडौं ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको २६ औं बैठकले बाढी, पहिरो र डुबानबाट प्रभावित १२ जिल्लाका स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको छ ।


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव बसन्त अधिकारीले प्रभावित जिल्लाका ४० भन्दा बढी स्थानीय तहलाई विपद् संकटग्रस्त घोषणा गर्न सरकारलाई सिफारिस जानकारी दिनुभयो ।


“ यो सिफारिस मन्त्रीपरिषद्बाट संख्यामा थपघट हुनसक्छ ।” उहाँले भन्नुभयो–“ संकटग्रस्त घोषणाले सरकारले पुर्ननिर्माण र पुर्नस्थापनाको काम सहज, सरल र छिटोछरितो गर्न सहज गर्छ ।”


गृहमन्त्री रमेश लेखक अध्यक्षतामा बसेको समितिको बैठकले पाँचथर, ओखलढुंगा, उदयपुर, धादिङ, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर र चितवनका गरी विभिन्न ४० भन्दा बढी पालिका संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरिएको प्राधिकरणका सहसचिव अधिकारीले जानकारी दिनुभयो ।