जितपछि ललितपुर फाइनलको दौडमा कायम, चितवन बाहिरियो


काठमाडौं ।

जारी एभरेस्ट महिला भलिबल लिग अन्तर्गत ललितपुर क्विन्सले चितवन शक्तिलाई पराजित गरेको छ ।

शुक्रबार सम्पन्न खेलमा ललितपुरले चितवनलाई ३-१ को सेटमा पराजित गरेको हो । ललितपुरले पहिलो सेट हारेपनि त्यसपछि खेलमा कम ब्याक गर्दै लगातार तीन सेट जितेर फाइनलको सम्भावनालाई कायम राखेको छ ।

यो जितपछि ललितपुर क्विन्सको ५ खेलमा १० अंक भएको छ र फाइनलको दौडमा कायम छ । फाइनलमा पुग्ने दुई टिमको टुंगो भने आजको अन्तिम खेल पछि नै लाग्ने भएको छ । त्यस्तै यो हारपछि चितवन भने फाइनलको दौडबाट बाहिरिएको छ ।