मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा शुरु


काठमाडौँ ।

मन्त्रिपरिषद्को बैठक शुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा केहि बेर अघिदेखि मन्त्रिपरिषद्को बैठक शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।

आजको बैठकले  विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले बाढीपहिरोबाट बढी क्षति भएका स्थानीय पालिकाहरुलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न गरेको सिफारिस बारे निर्णय हुनसक्ने बताइएको छ ।