भन्सार नतिरी सामान ल्याउन खोज्ने सशस्त्र प्रहरीलाई करवाही


काठमाडौँ। 

विभिन्न किसिमको सामान भन्सार नतिरी ल्याउन खोजेको अवस्थामा सशस्त्र प्रहरी बल नेपालका ३ जना कर्मचारीलाई  कारबाही प्रक्रिया अगाडि बढाइएको  छ। 

अफिस प्रयोजनको लागि भन्दै निजी गाडीमा विभिन्न किसिमको लत्ताकपडा भन्सार नतिरी ल्याउन खोजेको अवस्थामा मद्धती सेवा गुल्म कैलालीमा कार्यरत सशस्त्र प्रहरी नायव निरिक्षक अमर विष्ट, सशस्त्र प्रहरी हवल्दार मोहन भट्ट र सशस्त्र प्रहरी सहायक हवल्दार राम बहादुर कुवर लाई नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले विभागीय कारबाही अगाडी बढाएको हो ।

त्रिनगर  भन्सार कार्यालयको एरियामा  भारतबाट सामान ल्याएको भन्ने तथ्य खुलेपछि उनिहरुलाई नं. ३४ गण कैलालीले नियन्त्रणमा लिएको थियो  । यसै बिच त्रिनगर नाका हुँदै नेपाल प्रवेश गर्ने यात्रुहरूलाई अनावश्यक दुख दिएको र पैसासमेत असुलिएको भन्ने गुनासोका आधारमा नं. ३४ गण कैलालीले सूक्ष्म निगरानी गरेको छ ।

 यसैगरी  सिमानामा आवतजावत गर्ने ब्यक्तिहरुलाई दुख हैरानी दिने तर्फ ध्यान दिँदै सशस्त्र प्रहरीका अधिकृतहरुले सादा पोषाकमा खटिएर अनुगमन समेत गरिरहेका छन् ।