मेची राजमार्गमा फेरि पहिरो, यातायात ठप्प


इलाम ।

मेची राजमार्गमा फेरि पहिरो गएको छ । इलामको राजदुवाली सडक खण्डमा आज दिउँसो सडक मर्मत गर्दागर्दै पहिरो झरेपछि पूर्णरूपमा यातायात अवरूद्ध भएको छ ।

माइखोला छेउमा नै सडक अवरूद्ध भएको हो । बारम्बार गइरहेका पहिरोका कारण मेची राजमार्ग प्रयोग गरी झापा, इलाम, पॉचथर र ताप्लेजुङ आउजाउ गर्ने यात्रु अलपत्र परेका छन् ।