विपद र चाडसँगै आएकाले हवाई चाप बढ्यो: मन्त्री पाण्डे

752
Shares

काठमाडौं ।

संस्कृति पयर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले विपद र चाड सँगै आएका कारण हवाई चाप बढेको बताएका छन् ।

शुक्रबार त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा नेपाल हवाई नियन्त्रक संघको २३औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । मन्त्री पाण्डेले भने- विपद र महान चाडहरुसँगै आएका कारण हवाई चाप बढेको छ । यसलाई कसरी न्यायोचित बनाउने भनेर कुरामा हामी निरन्तर काम गरिरहेका छौं । मन्त्री पाण्डेले यात्रुहरुको सहजताका लागि मन्त्रालयले निरन्तर काम गरिरहेको बताए ।

उनले पर्यटनमन्त्रालय सम्बद्ध संस्कृति,पर्यटन र हवाई नीतिहरु परिमार्जनको क्रममा रहेको  बताउँदै ऐन नीतिहरु बनाएर सुदृढिकरण गर्ने उद्घोष गरे । मन्त्री पाण्डेले ट्रेड युनियन लगायतका संघ,संस्थाहरुले सत्य,तथ्य कुरा मात्रै पस्कनु पर्नेमा जोड दिए । मन्त्री पाण्डेले नेपालको हवाइ आकाश सुरक्षित रहेको छ भन्ने सन्देश दिन समेत अनुरोध गरेका छन् ।

मन्त्री पाण्डेले आज नै त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा यातायातसम्बन्ध पदाधिकारीहरुसँग छलफल गरेका छन् ।