सिन्धुलीमा माइक्रोबस दुर्घटना, १५ जना घाइते, तीनको अवस्था गम्भीर


काठमाडौँ।

सिन्धुलीमा माइक्रोबस दुर्घटना भएको छ । काठमाडौंबाट विराटनगर जाँदै गरेको बा ५ ख ६६१८ नम्बरको माइक्रोबस आज बिहान करिब साढे चार बजे कमलामाई नगरपालिका– ८ भिमाननजिकै सिस्नेरीमा दुर्घटनामा परेको हो ।

१९ यात्रु सवार माइक्रोबस सडकबाट नालीमा खस्दा चालकसहित १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

घाइतेमध्ये ९ जनालाई थप उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । प्रहरीका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ।