दशैँ तिहारमा आँशुका धारा


काठमाडौं ।

दिवस थापा मगर र करिष्मा राना मगरको स्वरमा दशैँ तिहार गीत आँसुका धारा भिडियोसहित सार्वजनिक गरिएको छ।

बाँसुरी डिजिटल युट्युबबाट सार्वजनिक सुवास अंगाईद्धारा निर्देशित गीतको भिडियोमा बिदेशीनुका पीडा, दशै तिहारसँगै मनाउन परिवारले गरेको आग्रह, बिदेशमा हुनेहरुले चाडबाडमा बिदा नपाउँदाको पीडा र तिहारमा दिदीबहिनीले दाजुभाईको प्रतिक्षा गरेको दृश्य समावेश छन्।

गीतको भिडियामा गणेश अंगाई र प्रभा श्रेष्ठलाई मुख्य भुमीकामा छन् भने अनिशा क्षेत्री, बुद्धि खनाल, बिनोद पहारी, गकुल बिक, राजकुमार कुमालले पनि अभिनय गरेका छन्।

सरोज लामिछानेको थेगो र संगीत रहेको गीतमा नयन शर्माको रचना र दिवस थापा मगरको एरेन्जमेन्ट रहेको छ।