मोटरसाइकल दुर्घटनामा परी लामिछानेकाे मृत्यु


काठमाडौं ।

गोरखामा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ ।

सदरमुकामबाट आँबुखैरेनीतर्फ जाँदै गरेको बा४२प ७९८३ नम्बरको मोटरसाइकल आज गोरखा–आँबुखैरेनी सडकको गोरखा नगरपालिका–९, ठिगुरेस्वाँरामा अनियन्त्रित भएर दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा भीमसेन थापा गाउँपालिका–२, तान्द्राङका ३४ वर्षीय मोटरसाइकल चालक टीकाराम लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका जनाएकाे छ ।