बगर पञ्छाउदै वृद्ध, चार वर्ष देखि राहत पाएनन् बाढीपीडितले

470
Shares

बाजुरा ।


बडिमालिका नगरपालिका वडा नं दुई घागरका पुने नाथ उमेरले ७५ नाघ्नुभयो । भोको पेट भर्नकै लागि बुढेउलीपनको प्रबाह नगरी चार वर्षदेखि खेतमा अड्किएका मुडा पञ्छाउनमा ब्यस्त छन् ।

मानो रोपेर मुरी फल्ने डावखेत बाढीले पुरेको बगरलाई खेतमा परिणत गर्न बृद्ध नाथ अथक मेहेनत गरीरहनुभएको छ। “कमाई खाने खेतको टालो एकरात आएको बढीलाई भएपछि दैनिक ज्याला मज्दुरी गरी जहान परिवार पालिरहेको छु, बुवाले बगरका ढुंगामुढा पञ्छाउँदै हुनुहुन्छ ।

मैले मिस्तुरीकाम गरेर परिवार पालिरहेको छु ,” पुने नाथका छोरा कृष्न नाथले भन्नुभयो । बाढीले खेतपुरेको चार वर्ष भयो खेत अझै पैंल्याउन सकेको छैन । बुवाको नाममा लालपूर्जा नहुंदा सरकारबाट पाउनुपर्ने कुनै किसिमको राहात पाएनौं , मेरो त हातमा सिप भएर जहान परिवार पालिरहेको छु। म जस्ता दर्जर्नो परिवार विस्थापित भएका छन् । भएको खेतवारी बगरमा परिणत भएपछि दर्जन बढी परिवार विस्थापति भएको मिस्तुरी नाथले भन्नुभयो ।


पच्चीस मुरी धान फल्ने र प्रयाप्त अर्गानिक तरकारी फलाउने खेतवारी २०७७ सालमा आएको बाढीले बगरमा परिणत गरेपछि अहिले हातमा लालपूर्जा छ कमाइर्खाने जग्गाको नाममा एक रुम्टो पनि छैन । घग्य्रालहरुले ज्याला मज्दुरीकै भरमा बाँच्नुपरेको छ । घरखेत विहिन बाढीपिडितलाई आवास सुविधा बापतको सरकारी राहत पनि चार वर्ष देखि नपाएको गुनासो स्थानीय जया गिरीको छ ।


त्यस्तै घागरका स्याम कार्की पनि जग्गा बगरमा परिणत भएपछि ज्यालामज्दुरी गरेर छाक टार्नुपरेको बताउनुहुन्छ । सदरमुकाम नजिकको औलीखेतमा विगतमा अर्गानिक अनाज आफुले खाएर अरुलाई बेच्थ्यौं भने घागरको तरकारीले मार्तडी बजारलाई धानेको थियो । खेतवारी बगाएपछि अहिले तरकारी पनि बजारबाट किनेर खानुपर्ने अबस्था आएको छ कार्कीले भन्नुभयो ।


२०७७ साल साउन २५ गते राति आएको बाढीले बडिमालिका नगरपालिकाका वडानं दुईका वडाअध्यक्ष डम्मर महतकी आमा मैरी महतलाई ब्यपत्ता पारेको थियो । बडिमालिका नगरपालिकाका ३७ परिवारलाई विस्थापित गराएको थियो । बडिमालिका नगरपािलका वडा न. २ को घागर ,भौनेरा, मैतोला, जुगाडा, वडानं आठको रापक, विरेखोला र नौको मछाइना सेलाघाट , वडा नं पाँचको ओलेना, तिपाडा लगायका दर्जनौ वस्तिमा क्षेती पु¥याएको थियो । प्राप्त तथ्यांक अनुसार दुई लाख बर्गमिटर जमिन बगरमा परिणत भएको थियो । दुईसय वढि परिवारलाई क्षेती पु¥याएको थियो ।


बाढीले बडिमालिका दुई घागरका नाथ र गिरी परिवारका १२ परिवारलाई सुकुम्वासीमा परिणत गरेको छ । उनीहरुको हातमा लालपूर्जा त छ तर कामईखाने एक चिम्टी माटो छैन । कोही मावली र ससुरालीमा बसेका छन् । कोही विदेशिएका छन् बडिमालिका नगरपालिका वडा न. २ का वडा अध्यक्ष डम्मर महतले भन्नुभयो । कृष्न नाथ , स्याम कार्की , देबबहादुर महत र लाली महत सदरमुकाम मार्तडीमा ज्याला मज्दुरी गरी गुजारा चलाउँदै आएका छन् ।

कर नाथले अर्काको जमिन मागेर घरवनाएर बसेकाछन् । प्रकाश महत सुरालीमा छन् भने गोपाल महत मावलीको घरमा वस्दै आएका छन् । घरखेत बगरमा परिणत हुंदा हर्क नाथको परिवारले देशबाटै विस्तापित भएर भारत पस्नुपरेको छ । बाढी पीडिडतको तथ्यंक संकलन गर्दा बडिमालिका नगरपालिकामा मात्र ३७ घरपरिवारको घर पुर्न निमांण गर्नुपर्ने सिफारिस सहित आवस्यक कागजपत्र जिल्ला प्रशासन कार्यालयमा पेश गरेका थियौं ।

घर पुर्ननिर्माणका लागि पाँच लाख पाउनुपर्ने नीतिगत ब्यबस्था हो । उनीहरुले पहिलो किस्ता वापत पैंतिस हजार रुपैंयामात्र पाएका छन् , त्यसपछि कुनै राहात पाएका छैनौं, वडा अध्यक्ष महतले भन्नुभयो । जिल्लाबाट गर्ने सबै निर्णय र प्रक्रिया पुुरागरी माथि पठाएका छौं माथि कहां अड्किन्छ थाह हुंदैन उहाँले भन्नुभयो ।


बडिमालिकाका ३१ परिवारले ऋणकर्जा गरी सरकारी मापदण्ड अनुसारका घर निर्माण गरेका छन् भने ६ परिवारले निर्माण गर्दैछन् । सरकारले पुर्ननिर्माणका लागि पाँच लाख रुपैंया राहात दिने आसमा घर पुुर्निर्माण गरेको चार वर्ष सम्म पनि राहात पाएका छौंनौं साहुको ऋण झिकेर लगाएको घरपनि छोडेर भाग्नुपर्ने अवस्था आएको छ बाढीपीडित जब्बरे महतको गुनासो छ ।


मन्सुनजन्य विपद्बाट जोगाउन जिल्लामा ठोस गुरुयोजना पनि देखिैन। स्थानीय तह र जिल्लामा छुट्टै विपद् ब्यबस्थापन शाखा पनि छैनन् । प्रयाप्त कर्मचारी अभावका कारण कर्मचारी फेर्ने र नायाँ कर्मचारीलाई पुरानो लागत अध्यावधिक गर्ने धौधौ पर्छ । मागेको डाटा दिनै गाह्रो छ, कर्मचारीले बताए ।


सुकुम्वासी भनौं वर्षेनी वाली ( राजश्व ) तिरिहेकाछन्। सुकुम्वासी फर्म भराउँदा तिन पुस्ते विवरण सहित मुठ हेर्दा उनीहरुको नाममा लालपूर्जा देखिन्छ । सुकुम्वासी पनि कसरी भनौं ,होइनन् भनौं उनिहरुको प्रयोगमा एक चिम्टी माटो छैन , जिल्ला मातपोत कार्यालयका एक कर्मचारीले भने । लालपूर्जा छ कमाईखाने जग्गा छैन । बाढीपीडित परिवारलाई सरकारले न त पुर्नस्थापना ग¥यो न पुर्ननिर्माणका लागि पाउनुपर्ने रकम नै उपलब्ध गराएको छ। सरकारी राहात कुर्दाकुरर्दै साहुको ऋण तिर्न त्यही घर डिक (बन्दकी ) राखेर भाग्नुपर्ला जस्तो छ बाढीपीडितहरुको गुनासो छ ।